०१ साउन २०८३, शुक्रबार

नेपाल-भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

कात्तिक १२, २०८२
काठमाडौं
नेपाल-भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र भारतको महिला फूटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल बुधबार हुने भएको छ । यसअघि, एन्फाले उक्त खेल बिहीबार खेलिने बताएको थियो ।

नेपाल र भारतबीचको दोस्रो खेल सिक्किममा खेलिने छ । यसअघि, नेपाली टोलीले भारतमै त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।

मेघालयको सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा खेलिएको त्रिदेशीय खेलमा इरान च्याम्पियन बनेको थियो ।

नेपाली टोली पहिलो खेलमा इरानसँग ०–३ गोलले पराजित भएको थियो ।

अर्को खेलमा इरानले भारतलाई २–० गोलले हराएको थियो । तेस्रो खेलमा नेपाली टोलीले चिरप्रतिद्वन्द्वी भारतलाई २–१ गोलले हराएको थियो ।

उक्त खेलमा नेपाली टोलीका लागि दुवै गोल सावित्रा भण्डारी 'साम्बा'ले गरेकी थिइन् । त्रिदेशीय खेल फिफा विन्डोअन्तर्गत खेलिएको थियो । तर, बुधबार हुने नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भने फिफा विन्डोमा परेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्