१६ असार २०८३, मंगलबार

वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

कात्तिक १२, २०८२
काठमाडौं
वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

डडेल्धुराको आलिताल गाउँपालिका-३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मडैविरुद्ध आरोपपत्र दायर गरेको हो । 

उनले उपभोक्ता समितिको चेकमा कीर्ते हस्ताक्षरसमेत गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

उनले २०७८ मंसिर १६ गतेदेखि २०७९ वैशाख २५ गतेसम्म विभिन्न मितिमा सात वटा चेकबाट कीर्ते हस्ताक्षर गरेर २० लाख १५ हजार रकम लिएको पाइएको छ ।

उक्त रकम लिएको समितिले थाहा पाएपछि मिति २०७९ जेठ ३० गते दुई लाख कोषको खातामा जम्मा र बाँकी रकम १८ लाख १५ हजार हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्