
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन् ।
उनले घरायसी कारण देखाउँदै प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।
रानाभाटले घरायसी समस्या देखाएर राजीनामा बुझाएका प्रहरी केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले लोकान्तरलाई जानकारी दिए ।
स्रोतका अनुसार रानाभाटको परिवार बेलायतमा बस्दै आएका छन् ।
उनी पनि बेलायत जाने तयारीस्वरूप राजीनामा बुझाएका स्रोतको दाबी छ ।