२४ जेठ २०८३, आइतबार

एनआईसी एसिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

कात्तिक १३, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता भएको छ । 

यस समझदारीसँगै यस बैंकका ग्राहकले मकवानपुरको थाहामा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
  
ग्राहकले यस रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
 
यस सुविधाको उपयोग गर्न ग्राहकले एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुका साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्