१५ असार २०८३, सोमबार

१६ थान एसएलआरको गोलीसहित एक जना पक्राउ

कात्तिक १३, २०८२
काठमाडौं
१६ थान एसएलआरको गोलीसहित एक जना पक्राउ

 जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको गोलीसहित जेनजी आन्दोलनका क्रममा आगजनी तथा लुटपाटमा संलग्न भएको आरोप लागेका एक जनालाई पक्राउ गरेको छ ।
    
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रकाश जवेजुले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई हाल चाँगुनारायण नगरपालिका–८ शङ्कर भट्टामा काम गर्दै आएका २२ वर्षीय सुमन कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।  
    
प्रहरीले कार्कीको कोठाबाट १६ थान (जङ्गी राउन्ड) एसएलआरको गोलीसमेत फेला परेको जनकारी दिँदै कार्कीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बताए । 
    
त्यस्तै, भक्तपुर प्रहरी परिसरले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका थप १३ जना कैदीबन्दीलाई पक्राउ गरी सम्बन्धित कारागार पठाएको प्रहरी नायब उपरीक्षक जबेजुले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्