
५० वर्षीय आमा धनिकला बस्नेतको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका- १२ मसिनाटोल बस्ने ३० वर्षीय कविराम बस्नेत रहेका प्रहरीले जनाएको छ । उनलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ ।
कविरामले फरुवा प्रहार गर्दा धनिकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते भएकी धनिकलाको कर्णाली प्रदेश अस्पताल कालगाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।