
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार खेलिएको अमेरिकाविरुद्धको खेलमा नेपालले आफ्नो छैटौं विकेट गुमाएको छ ।
नेपालले छैटौं विकेटका रूपमा गुलसन झालाई गुमाएको हो ।
उनी ११ बलमा पाँच रन बनाउँदै आउट भए । उनलाई जसदीप सिंहले शुभम रन्जनद्वारा क्याच गराएका हुन् ।
४१औं ओभरको अन्तिम बलमा गुलसन आउट हुँदा नेपालले दुई सय ६ रन बनाएको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।