२४ जेठ २०८३, आइतबार

मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई १८.२० प्रतिशत लाभांश दिने

कात्तिक १६, २०८२
काठमाडौं
मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई १८.२० प्रतिशत लाभांश दिने

मुक्तिनाथ विकास बैंक लिमिटेडले पोखरामा आफ्नो १९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

उक्त साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । 

उक्त लाभांशमध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांश (बोनस सेयर र नगद लाभांशको करसहित) रहेको छ ।  

बैंकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष प्रस्तावको रूपमा मुक्तिनाथ विकास बैंकको चुक्ता पूँजी ९ अर्ब ३ लाख ८८ हजार ७६७ रूपैयाँ ११ पैसा पुर्‍याउने, सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र पूँजी वृद्धिपश्चात नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ता  समेत स्वीकृत गरेको छ । 

यसै सभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्ताव पारित गरेको छ । साधारणसभाको प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनउपर विभिन्न सेयरधनीबाट सल्लाह सुझाव र जिज्ञासा प्राप्त भएको थियो । 

सेयरधनीबाट आएका जिज्ञासा बारेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले थप प्रस्ट पारेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्