२५ असार २०८३, बिहीबार

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

कात्तिक १६, २०८२
काठमाडौं
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७०० ले बढेको छ भने चाँदी प्रतितोला पाँचले घटेको छ ।

गत शुक्रबार तोलाको दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मोल प्रतितोला रु तीन हजार ५५ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्