१३ असार २०८३, शनिबार

दाजुको हत्या आरोपमा भाइ पक्राउ

कात्तिक १६, २०८२
नवलपरासी
दाजुको हत्या आरोपमा भाइ पक्राउ

नवलपरासी पश्चिममा आफ्नै ३६ वर्षीय दाजु कृष्णबहादुर शाहीको हत्या गरेको आरोपमा उनकै भाइ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका- १ पुनर्वास बस्ने ३४ वर्षीय चित्रबहादुर शाही छन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

चित्रबहादुरले कोदालोको बिँडले प्रहार गर्दा कृष्णको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्