
सर्वोच्च अदालतले पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई छाड्न परमादेश जारी गरेको छ ।
गौरी खनाल ज्ञवालीले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुलअजीज मुसलमानको इजलासले डिल्लीबजार कारागारमा रहेका ज्ञवालीलाई छाड्न परमादेश जारी गरेको हो ।
ऋण दुरुपयोग अभियोगमा उच्च अदालत पाटन अन्तर्गतको वाणिज्य इजलासले ज्ञवाली र उनकी श्रीमती गौरीलाई २०७३ असोजमा जेल र जरिवानाको सजाय सुनाएको थियो ।
तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै ३ वर्ष जेल साथै १२ करोड ५० लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।
जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले २०७३ असोज ४ गते ज्ञवाली दम्पतीलाई जेल सजाय सुनाएको थियो ।