
फेरि आन्दोलन गर्ने भनेर सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिँदै आएका डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कात्तिक १६ गते आन्दोलन गर्ने घोषणा गरेका भुसाल सो दिन सम्पर्कविहीन भएका थिए । सामाजिक सञ्जालमा लाइभ आए पनि सडकमा उनको उपस्थिति देखिएको थिएन ।
बालुवाटारमा ड्रोन खसाल्नेसहितका अराजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो । यसक्रममा उनी गोरखा पुगेको भेटिएपछि पक्राउ गरिएको हो ।