२४ जेठ २०८३, आइतबार

गोरखाको आश्रमबाट पक्राउ परे आन्दोलन आह्वान गरी सम्पर्कविहीन भएका निकोलस भुसाल

कात्तिक १८, २०८२
काठमाडौं
गोरखाको आश्रमबाट पक्राउ परे आन्दोलन आह्वान गरी सम्पर्कविहीन भएका निकोलस भुसाल
फाइल तस्वीर

फेरि आन्दोलन गर्ने भनेर सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिँदै आएका डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कात्तिक १६ गते आन्दोलन गर्ने घोषणा गरेका भुसाल सो दिन सम्पर्कविहीन भएका थिए । सामाजिक सञ्जालमा लाइभ आए पनि सडकमा उनको उपस्थिति देखिएको थिएन ।

बालुवाटारमा ड्रोन खसाल्नेसहितका अराजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो । यसक्रममा उनी गोरखा पुगेको भेटिएपछि पक्राउ गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्