०९ साउन २०८३, शनिबार

नेपालले गुमायो लगातार दुई विकेट, आरिफलाई पछ्याउँदै पेभेलियन फर्किए करण केसी

कात्तिक १९, २०८२
काठमाडौं
नेपालले गुमायो लगातार दुई विकेट, आरिफलाई पछ्याउँदै पेभेलियन फर्किए करण केसी
फाइल फोटो

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बुधबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आफ्नो दुई विकेट गुमाएको छ ।

नेपालले छैटौं विकेटका रूपमा आरिफ शेखलाई गुमाएको हो । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेख ३० रन बनाउँदै आउट भए । उनले ५४ बलको सामना गरी दुई चौका हिर्काए ।

आरिफ शेखलाई जुनैद सिद्दकीले विकेटकिपर शर्माद्वारा क्याच गराए । ४२.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८७ रन बनाएको थियो ।

आरिफ आउट भएलगत्तै अर्का ब्याट्सम्यान करण केसी पनि सातौं विकेटका रूपमा पेभेलियन फर्किए । उनी आरिफकै ठाउँमा क्रिज समाल्न आएका थिए । उनी पहिलो बलमै पेभेलियन फर्किए । उनलाई पनि जुनैद सिद्दकीले विकेटकिपर शर्माद्वारा क्याच गराए ।

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्