१४ असार २०८३, आइतबार

जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफल बिर्तामोडको झाडीमा भेटियो

कात्तिक १९, २०८२
विराटनगर
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफल बिर्तामोडको झाडीमा भेटियो

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, अनारमनी झापाबाट लुटिएको एक थान इन्सास राइफल बेवारिसे अवस्थामा फेला परेको छ । 

उक्त हतियार बुधबार दिउँसो बिर्तामोड नगरपालिका-६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक रहेको सिमल तरुलको झाडीबाट बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, बुधबार अपरान्ह ४ : ४५ बजेको समयमा बिर्तामोड–६ को सुगम शान्ति टोलस्थित तोरीबारी नजिकै रहेको सिमल तरुलको झाडीमा हतियार लुकाइएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले सिरियल नम्बर ०३११००८७२ रहेको इन्सास हतियार एक थान, सोही हतियारको म्याग्जिन एक थान, १९ राउन्ड साबुत गोली र २ राउन्ड वेसाबुत गोली बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्