
भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले अनलाइन जुवाको विज्ञापन गरेको आरोपमा भारतका दुई पूर्वक्रिकेटर सुरेश रैना र शिखर धवनको सम्पत्ति जफत गरेको छ । ईडीले बिहीबार शिखर धवन र रैनाको सम्पत्ति जफत गर्ने निर्णय गरेको हो ।
ईडीले धवन र रैनाको ११ करोड १४ लाख भारतीय रुपैयाँ बराबरको सम्पत्ति जफत गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धवन र रैनाले लनलाइन जुवासँग सम्बन्धित कम्पनी वन एक्स बेटसँग जोडिएर अवैध विज्ञापन गरेको आरोप थियो ।
सोही आरोपमा यी दुई क्रिकेटर दोषी ठहर भएको समाचारमा जनाइएको छ । केही समयअघि धवन, रैनालगायका केही क्रिकेटरसँग ईडीले बयान लिएको थियो । ईडी भारतको अर्थ मन्त्रालयको राजस्व विभागअन्तर्गत रहेको महत्त्वपूर्ण कार्यालय हो ।
ईडीले यही विषयमा युवराज सिंह र हरभजन सिंहसँग पनि बयान लिएको थियो । भारतीय कानूनले बेटिङमाथि प्रतिबन्ध लगाएको छ ।