३१ असार २०८३, बुधबार

भदौ २३ र २४ को घटना: प्रहरीका फिल्ड कमान्डरहरूसँग धमाधम बयान लिँदै कार्की आयोग

कात्तिक २१, २०८२
काठमाडौं
भदौ २३ र २४ को घटना: प्रहरीका फिल्ड कमान्डरहरूसँग धमाधम बयान लिँदै कार्की आयोग

भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले धमाधम प्रहरीको बयान लिन शुरू गरेको छ ।

आयोगले बिहीबार फिल्ड कमान्डर डीएसपी सुन्दर तिवारीसँग बयान लिएको थियो ।

आज डीएसपीद्वय मधुकुमार थापा र एलिजा गिरीको बयान लिन लागेको छ । थापा र गिरी बयान दिन आयोग पुगेका छन् । थापा कालीमाटी वृत्तमा छन् ।

गिरी भने भदौ २३ मा संसद् भवनको सुरक्षार्थ खटिएकी थिइन् ।

भदौ २४ मा कालीमाटी वृत्त जलाउन पुगेका आन्दोलनकारीलाई धरपकड गर्ने क्रममा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको थियो ।

संसद् भवनअघि गोली चलेर १९ जनाको मृत्यु भएको थियो । गिरी हाल प्रहरी वृत्त थानकोटमा कार्यरत छिन् ।

salt training

कमेन्ट गर्नुहोस्