
सामसङ नेपालले आफ्नो सबैभन्दा प्रगतिशील र शानदार ट्याब्लेट अनुभव प्रदान गर्ने ग्यालेक्सी ट्याब S11 नेपाली बजारमा प्रस्तुत गरेको छ।
ग्यालेक्सी AI र One UI 8 द्वारा सञ्चालित ट्याब S11 ले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो डिजाइन संयोजन गर्दै सहज क्रिएटिभिटी र प्रोडकटिभिटीको अनुभव दिने कम्पनीले जनाएको छ ।
ट्याबको मूल्य १ लाख २९ हजार ९९९ रुपैयाँ (१२GB/२५६GB) मा उपलब्ध छ।
सहज क्रिएटिभिटी र प्रोडकटिभिटीका लागि डिजाइन गरिएको ट्याब S11 मा One UI 8 भित्र नै बहुआयामिक Galaxy AI क्षमता निर्मित गरिएको छ ।
जसले लेख्ने, कोर्ने, मल्टिटास्क गर्ने वा विचार आदान–प्रदान गर्ने कार्यहरूलाई अझ सहज र प्राकृतिक बनाउँछ।
Gemini Live (रियल–टाइम स्क्रिन शेयरिङ), Drawing Assist, Writing Assist, र Circle to Search जस्ता उपकरणहरूले प्रयोगकर्तालाई बिना सम्झौता काम, अध्ययन र आत्म–अभिव्यक्तिमा सशक्त बनाउँछन् ।
ग्यालेक्सी Tab S11 मा ११.० इन्चको उच्च– डेफिनिशन डायनामिक डिस्प्ले र अत्याधुनिक ३ nm प्रोसेसर रहेको छ । जसले स्मूथ परफर्मेन्स, ऊर्जा दक्षता र प्रोफेशनल–ग्रेड भिजुअल प्रदान गर्छ।
यसको अल्ट्रा–स्लिम, हल्का तौलको डिजाइन र सुधारिएको S Pen मा थपिएको एर्गोनोमिक टिल्ट सेन्सिङ र नियन्त्रण क्षमताले यात्रामा समेत मल्टिटास्किङका लागि आदर्श उपकरण बनेको छ।
ग्यालेक्सी ट्याब S11 अहिले देशभरका अधिकृत सामसुङ खुद्रा स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।