२२ असार २०८३, सोमबार

पहिलो किस्ता तिरेसँगै सोनापुर मिनरलको काटिएको विद्युत लाइन पुनः जडान

कात्तिक २६, २०८२
काठमाडौं
पहिलो किस्ता तिरेसँगै सोनापुर मिनरलको काटिएको विद्युत लाइन पुनः जडान

दाङको घोराहीस्थित सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले प्रिमियम महसुलको पहिलो किस्ता तिरेसँगै कम्पनीको काटिएको विद्युत लाइन पुनः जडान गरिएको छ।

लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेको बापतको बक्यौता महसुल मंगलबार सोनापुर मिनरलले बुझाएको हो। पहिलो किस्ता बुझाएपछि गत कात्तिक ७ गते विच्छेद गरिएको विद्युत लाइन मंगलबार साँझ पुनः जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिका लागि देय प्रिमियम महसुल तिर्न बाँकी रहेको थियो। कम्पनीको कुल बक्यौता रकम २४ करोड २९ लाख ९९ हजार रुपैयाँ रहेको र उक्त रकमलाई २८ किस्तामा विभाजन गरिएको प्राधिकरणले जनाएको छ।

किस्ता योजनाअनुसार कम्पनीले पहिलो चरणमा ८६ लाख ३० हजार रुपैयाँ बुझाएको हो।

salt training

कमेन्ट गर्नुहोस्