
राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार गोलभेँडाको मूल्यमा भिन्नता देखिएको छ—ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, सानो (लोकल) ३५ रुपैयाँ र सानो (टनेल) ६५ रुपैयाँ तोकिएको छ। आलु रातो प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो (भारतीय) ४० रुपैयाँ र आलु सेतो ४१ रुपैयाँ कायम गरिएको छ। प्याज (भारतीय) को मूल्य प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ।
गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ र (तराई) १०० रुपैयाँमा बिक्री हुनेछ। लोकल बन्दा ४० रुपैयाँ, काउली स्थानीय ९० रुपैयाँ, रातो मूला ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३५ रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ८० रुपैयाँ, तने बोडी १८० रुपैयाँ र मकै बोडी ११० रुपैयाँ प्रतिकिलो तय गरिएको छ।
घिउ सिमी (लोकल) प्रतिकिलो १२० रुपैयाँ, (हाइब्रिड) ११० रुपैयाँ र (राजमा) ९० रुपैयाँ निर्धारण गरिएको छ। मटरकोसा १५० रुपैयाँ, तीतो करेला १४० रुपैयाँ, लौका ९० रुपैयाँ, परवर (लोकल) ९० रुपैयाँ र (तराई) १०० रुपैयाँ, घिरौँला ८० रुपैयाँ, फर्सी पाकेको ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) ७० रुपैयाँ, भिन्डी १०० रुपैयाँ, सखरखण्ड ९० रुपैयाँ र बरेला ३० रुपैयाँमा बिक्री हुनेछ।
पिँडालु प्रतिकिलो १०० रुपैयाँ, स्कूस १० रुपैयाँ, रायो साग १२० रुपैयाँ, पालुङ्गो १५० रुपैयाँ, चमसुर २०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, मेथीको साग २०० रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, च्याउ (कन्य) २२० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ र कुरिलो ८०० रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै, ब्रोकाउली प्रतिकिलो १५० रुपैयाँ, चुकुन्दर ९० रुपैयाँ, रातो बन्दा १०० रुपैयाँ, जिरीको साग ३५० रुपैयाँ, सेलरी २५० रुपैयाँ, पार्सले ४०० रुपैयाँ, सौफको साग २०० रुपैयाँ, पुदिना ४०० रुपैयाँ, इमली १७० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँमा तोकिएको छ।
फलफूलमा स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २८० रुपैयाँ, केरा (दर्जन) १३५ रुपैयाँ, कागती १०० रुपैयाँ, अनार ३८० रुपैयाँ, सुन्तला (नेपाली) ९० रुपैयाँ, सुन्तला (भारतीय) १०० रुपैयाँ, तरबुजा (हरियो) ७५ रुपैयाँ, मौसम ८० रुपैयाँ, जुनार २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) ९० रुपैयाँ, काँक्रो (हाइब्रिड) ७० रुपैयाँ, निबुवा ४५ रुपैयाँ, नास्पाती (चाइनिज) २०० रुपैयाँ, मेवा (भारतीय) ९० रुपैयाँ, लप्सी ५० रुपैयाँ र किबी २४० रुपैयाँमा निर्धारण गरिएको समितिले जनाएको छ।