
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी स्थायी नियुक्ति लिएको भन्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
२०५५ सालमा उनी प्रावि तहको शिक्षकका लागि अस्थायी नियुक्त भई कार्यरत रहेको अवस्थामा २०७५ चैत २८ गते स्थायी नियुक्ति पाएका थिए ।
उनले नियुक्ति लिनका लागि भारतको बाहिर संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी भएको मध्यमा तहको नक्कली तथा झुटो शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको अभियोगपत्रमा उल्लेख छ ।