काठमाडौं, ८ माघ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार समालेको पहिलो दिन अमेरिकी जनतासँग आफ्नो कार्यकालमा परिणम दिने दावी गरे ।
उनको शपथ ग्रहण समहारोह अमेरिकामा दिनभर चल्यो । ट्रम्प र उनकी पत्नीले लिवर्टी वालमा प्रथम दम्पतीको रुपमा आफ्नो उपस्थिती जनाए । राष्ट्रपतिले वाल्टर वाशिंगटन कन्वेशन सेन्टरमा रहेका मानिसलाई भने,‘मलाई सधै यस्तो लाग्थ्यो कि म यहाँ हुनेछु, यस्तो अवस्था दुनियामा कसैले देखेका छैनन् । अव तपाईहरु चिन्ता नगर्नुहोस्, म खेल खेल्ने छैन काम गर्ने छु । ’
ट्रम्प तथा उनकी पत्नीले लिवर्टी वालमा अमेरिकी गायक फ्र्यांक सिनाट्राको आई डिड इट माई वे गीतमा नाचेका छन् ।
यस परापरागत प्रथम नृत्यपटि ट्रम्प परिवारको यो ऐतिहासिक र व्यस्त समय समाप्त भएको छ । यस अवसरमा फ्रान्सेली डिजाइनलर हर्वे पिएरीले डिजाइन गरेको क्रीम रंगको गाउनमा मेलानिया सुन्दर देखिएकी थिइन् ।