
बीवाईडीको एटो वान (सिगल) सन् २०२५ को बेस्ट इन्भेन्सनको लिस्टमा परेको छ । सन् २०२५ का १०० वटा वेस्ट इन्भेन्सनको लिस्टमा सानो कारतर्फ बीवाईडी एटो वान परेको हो ।
अमेरिकाबाट प्रकाशित टाइम म्यागजिनले सार्वजनिक गरेको लिस्टमा फोर ह्वीलतर्फ बीएमडब्लूको न्यू क्लास आइएक्स थ्री र सानो कारतर्फ बीवाईडी एटो वान (सिगल) परेका हुन् ।
म्यानगजिनले प्रकाशित गरेको इन्भेन्सनको लिस्टमा अटोमोबाइल क्षेत्रबाट १० वटा विभिन्न प्रोडक्ट र सर्भिसहरू परेका थिए ।
चिनको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी बीवाईडीले बनाएको एटो वान युरोपमा डल्फिन सर्फ र एसियामा एटो वान नामले बिक्री भइरहेको छ । यसको नाम चीनमा सिगल राखिएको छ ।
गत भदौमा यो एटो वान नेपालमा भित्रिएको थियो । नेपालमा एटो वान दुई ब्याट्रीको अप्सनमा उपलब्ध छ ।
स्ट्यान्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्ट नेपाली बजारमा उपलब्ध छ ।
डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट अवार र लङ रेन्ज प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट अवारको ब्याट्री प्याक दिएको छ ।
यी दुई भेरियन्टको रेन्ज क्रमशः २३० र ३०० किलोमिटरको हुने एनइडीसीले प्रमाणित गरेको छ ।
त्यस्तै, एटो वानको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५८० एमएम र ह्वीलबेस २५०० एमएम रहेको छ ।
सन् २०२३ अप्रिलमा लन्च भएको सिगलले २०२५ जुनसम्म १० लाख युनिट उत्पादन गरेको थियो । एटो वानको मूल्य २८ लाख ९५ हजार रुपैयाँदेखि शुरू छ ।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालि हो ।