१० साउन २०८३, आइतबार

जम्मू-कश्मीरको एक प्रहरी चौकीमा विस्फोट हुँदा सात जनाको मृत्यु, २७ घाइते

कात्तिक २९, २०८२
काठमाडौं
जम्मू-कश्मीरको एक प्रहरी चौकीमा विस्फोट हुँदा सात जनाको मृत्यु, २७ घाइते

भारतको जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा विस्फोटहुँदा सात जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । मृतकको संख्या बढ्ने अनुमान गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

घाइतेमध्ये धेरैजसो प्रहरी छन् । उनीहरूको ९२ आर्मी बेस र एसकेआईएमएस सौरा अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ । 

ह्वाइट कलर आतंकवादी मोड्युल प्रकरणको सम्बन्धमा जफत गरिएका विस्फोटक पदार्थहरूको नमूना प्रहरीले संकलन गरिरहेको बेला बिहीबार राति करिब ११:२० बजे विस्फोट भएको थियो । यो हरियाणाको फरीदाबादमा पक्राउ परेका डा. मुजम्मिल गनाईको भाडाको घरबाट जफत गरिएको ३६० किलोग्राम विस्फोटक पदार्थ (अमोनियम नाइट्रेट)को एक हिस्सा थियो।

दिल्ली विस्फोटपछि आतंकवादी मोड्युलमा पक्राउ परेका आठ आतंककारीमध्ये गनाई एक हुन् । यद्यपि, सम्पूर्ण ३६० किलोग्राम विस्फोटक पदार्थ प्रहरी चौकीमा भण्डारण गरिएको थियो कि थिएन भन्ने कुरा अझै स्पष्ट छैन । 

नोभेम्बर १० मा, लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै कार विस्फोट हुँदा १३ जनाको मृत्यु भइको थियो । 

salt training

कमेन्ट गर्नुहोस्