१९ असार २०८३, शुक्रबार

काठमाडौंमा चिनियाँको म्यारिज ब्यूरो, चार जना पक्राउ

कात्तिक २९, २०८२
काठमाडौं
काठमाडौंमा चिनियाँको म्यारिज ब्यूरो, चार जना पक्राउ

काठमाडौंको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । 

व्यवसायसम्बन्धी भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

उनले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको पनि बताए । उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यसबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरक-फरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ।

salt training

कमेन्ट गर्नुहोस्