१३ असार २०८३, शनिबार

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

कात्तिक २९, २०८२
उदयपुर
६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

उदयपुरमा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कटारी नगरपालिका- ७ रिस्कु बस्ने ५५ वर्षीय एनसिंह राई छन् । उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्