२४ जेठ २०८३, आइतबार

सुनको मूल्यमा ठूलो गिरावट, एकै दिन झण्डै ७ हजार रुपैयाँले घट्यो

कात्तिक ३०, २०८२
काठमाडौं
सुनको मूल्यमा ठूलो गिरावट, एकै दिन झण्डै ७ हजार रुपैयाँले घट्यो

आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ ।

एकै दिन प्रतितोला ६ हजार ९ सय रुपैयाँले घटेर सुन २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि यसको सिधा प्रभाव नेपाली बजारमा देखिएको हो ।

चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ३ हजार २८५ रुपैयाँमा कारोबार भएकोमा आइतबार ३ हजार १३५ रुपैयाँमा झरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्