२४ जेठ २०८३, आइतबार

कर्मचारीलाई तोकिएका आचरण पालना गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कात्तिक ३०, २०८२
काठमाडौं
कर्मचारीलाई तोकिएका आचरण पालना गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देश गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले आज सूचना जारी गर्दै कर्मचारीलाई आफ्नो आचरण र कर्तव्य पालना गर्न निर्देशन गरिएको जानकारी दिएका हुन् । 

उनले मन्त्रालयअन्तर्गतका विभाग, प्रतिष्ठान, अस्पताल, स्वास्थ्य संस्था र कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले कानूनले निर्धारण गरेको आचरणसम्बन्धी व्यवस्था पूर्ण कार्यान्वयन नगरेको गुनासो आएकाले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५२ देखि ६८ मा भएका आचरणसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न आग्रह गरिएको बताए ।

समय पालना र नियमितता, अनुशासन, राजनीतिक प्रभाव पार्न नहुने, राजनीतिमा भाग लिन नहुने, सरकारको आलोचना गर्न नहुनेलगायतका आचरण पालन गर्न भनिएको हो ।

यस्तै, सेवा ऐनमा कम्पनीको स्थापना र सञ्चालन, व्यापार–व्यवसाय तथा निजी रूपमा अभ्यास गर्न नहुने, राजनीतिक पदका लागि निर्वाचनमा भाग लिन नपाइने, हड्ताल र प्रदर्शनी गर्न नपाइनेलगायत आचरण पालना गर्नसमेत भनिएको छ ।

मन्त्रालयले कुनै पनि राष्ट्रसेवक कर्मचारीले कानूनले निर्धारण गरेको अनुशासन र पेसागत आचरण पालना गर्दै आफ्नो जिम्मेवारी निष्ठताका साथ सम्पादन गर्न पनि आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्