१३ असार २०८३, शनिबार

कञ्चनपुरमा बलात्कार आरोपमा २ जना पक्राउ

मंसिर १, २०८२
कञ्चनपुर
कञ्चनपुरमा बलात्कार आरोपमा २ जना पक्राउ

कञ्चनपुरमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लालझाडी गाउँपालिका- २ ​वागवाणी बस्ने २२ वर्षीय दीपेन्द्र राना र २८ वर्षीय सुरेश राना छन् ।​

प्रहरीले उनीहरूलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

दीपेन्द्र र सुरेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्