२८ जेठ २०८३, बिहीबार

दोहोरो अङ्कले बढ्यो नेप्से, ४ अर्बको कारोबार

मंसिर २, २०८२
काठमाडौं
दोहोरो अङ्कले बढ्यो नेप्से, ४ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले बढेर दुई हजार ५६६ दशमलव ०७ विन्दुमा कायम भएको हो ।

आज ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ५५ हजार २७७ पटक खरिदबिक्री हुँदा ४ अर्ब १० करोड ५४ लाख छ हजार १३४ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।

सागर डिस्टिलरी लिमिटेड, मबिलिङ इनर्जी लिमिटेड, बुँगल हाईड्रो लिमिटेड र झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने एभरेस्ट बैंक लिमिटेड डिबेन्चरको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै साहस ऊर्जा लिमिटेडको सबैभन्दा धेरै रू २२ करोड ९१ लाख ६६ हजार ९१६ बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा भने वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख ५० हजार ५९५ कित्ता शेयर किनबेच भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्