२० असार २०८३, शनिबार

बाँके जिल्ला अदालतका नासु धमलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंसिर २, २०८२
काठमाडौं
बाँके जिल्ला अदालतका नासु धमलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा (नासु) रामप्रसाद धमलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मिसिल अभिलेख रहेको फाँट 'क'मा कार्यरत नासु धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस बापत १२ हजार रुपैयाँ लिएको आरोपमा उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आयोगको बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले धमलालाई सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा उनले बैनाबट्टा लेनदेन मुद्दाको अदालतबाट भएको फैसलाको प्रतिलिपि उपलब्ध गराई दिने प्रयोजनका लागि विभिन्न बहानामा घुस लिएको पुष्टि भएको थियो ।

आयोगले उनीविरुद्ध १२ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्