
सरकारले सशस्त्र प्रहरी (चौथो संशोधन ) नियमावली , २०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको संगठन संरचना र दरबन्दी तेरिजलाई समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।