२२ जेठ २०८३, शुक्रबार
प्रतिनिधिसभा पुन:स्थापना बहस

मुख्य ‘स्टेकहोल्डर’को रूपमा सर्वोच्च जान्छौं, कांग्रेसलाई मनाउन कोशिश जारी छ– महेश बर्तौला [भिडियो अन्तर्वार्ता]

मंसिर ४, २०८२
काठमाडौं

प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक अडानसँगै कानूनी लडाईंमा जाने निर्णय गरेको नेकपा एमाले केही दिनमा मुद्दा लिएर सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

मंसिर २ गते बसेको संसदीय दल (विघटित प्रतिनिधि सभा)को बैठकले प्रतिनिधि सभा विघटनविरुद्धको कानूनी परीक्षणमा जाने निर्णय गरेको थियो । त्यसको जिम्मा पाएका एमाले संसदीय दलका तत्कालीन मुख्य सचेतक महेश बर्तौलाले गृहकार्य गरिरहेका छन् ।

null

प्रतिनिधि सभाको बाँकी २ वर्षे कार्यकाल पूरा गर्नका लागि नभई छोटो समयका लागि पुन:स्थापना, संसदबाट चुनावी सरकार र अर्ली–इलेक्सनमा जाने रोडम्याप आफूहरूको रहेको बर्तौला बताउँछन् ।

संसद् पुन:स्थापना भए त्यसबाट बन्ने सरकारमा एमालेको दाबी नरहने उनले बताए ।

प्रतिनिधि सभा पुन:स्थापना भएर वैध सरकार बने फागुन ११ गतेकै चुनावमा एमाले सहभागी हुने पनि उनले दाबी गरे ।

null

अदालतमा कयौं रिट विचाराधीन रहेको बेला अर्को रिट किन ?

विगतमा दुई–दुईपटक विघटन गरेको एमालेले पुन:स्थापना भन्न मिल्छ ?

पुनःस्थापना भएन भने एमाले के गर्छ ?

यी लगायत प्रश्नको जवाफ हेर्नुहोस्, भिडियोमा :

salt training

कमेन्ट गर्नुहोस्