
ब्राजिलको बेलेममा जारी संयुक्त राष्ट्र संघ कोप ३० जलवायु शिखर सम्मेलनको मुख्य स्थलमा आगलागी हुँदा १३ जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार बिहीबार दिउँसो २ बजे एउटा सम्मेलन हल भित्रको मण्डपमा आगलागी भएको द न्यूयोर्क टाइम्सले जनाएको छ ।
घटनाको समयमा १९० भन्दा बढी देशका ५० हजारभन्दा बढी कूटनीतिज्ञ, पत्रकार र कार्यकर्ताहरू मण्डपमा भेला भएका थिए।
आगलागीले हजारौं मानिसहरूमा त्रास फैलाएको थियो । घटनास्थलबाट प्राप्त भिडियो र तस्वीरहरूमा मानिसहरू आफ्नो ज्यान जोगाउन भागिरहेको देखिएको छ। यसैबीच, मण्डपबाट आगो र कालो धुवाँको मुस्लो निस्किरहेको देखिएको थियो। धेरै किलोमिटर टाढाबाट धुवाँ देख्न सकिन्थ्यो।
दर्जनौं एम्बुलेन्स र दमकल घटनास्थलमा पुगेका थिए । लगभग छ मिनेटमा आगो नियन्त्रणमा लिइएको थियो ।