
अहिले ढाकाको शेर–ए–बंगला स्टेडियममा बंगलादेश र आयरल्यान्डबीच दोस्रो टेस्ट क्रिकेट भइरहेको छ ।
दोस्रो टेस्टको तेस्रो दिन शुक्रबार भूकम्पका कारण केही समय खेल प्रभावित भएको छ ।
तेस्रो दिन पहिलो सत्रको खेल भइरहँदा भूकम्प गएको थियो । ५.५ म्याग्निच्यूडको भूकम्प गएको समाचारमा जनाइएको छ । भूकम्पका कारण केही समय खेल रोकिएको बताइएको छ ।
खेल भइरहँदा भूकम्पको धक्का महसुस भएपछि अत्तालिएका खेलाडी र अम्पायर एकै स्थानमा भेला भएका थिए । ड्रेसिङ रूममा रहेका खेलाडीहरू पनि त्यहाँबाट बाहिर निस्किएका थिए ।
त्यतिबेला रंगशालामा निकै कम दर्शक उपस्थित थिए । दर्शकलाई पनि सुरक्षाकर्मीले तत्कालै निकालेर सुरक्षित स्थानमा पुर्याएका थिए ।
केही समय स्थगित भएपछि खेल पुन: शुरू गरिएको थियो । यो समाचार तयार पार्दासम्म बंगलादेशले आफ्नो दोस्रो पालीमा कुनै पनि विकेट नगुमाइ ९८ रन बनाएको छ ।
त्यसअघि, आयरल्यान्ड आफ्नो पहिलो पालीमा दुई सय ६५ रन बनाउँदै अलआउट भएको थियो ।
बंगलादेशले भने आफ्नो पहिलो पालीमा चार सय ७६ रन बनाएको थियो ।