२९ असार २०८३, सोमबार

ललितपुर पाब्सन बुद्धिचालमा रिकी र कृषा च्याम्पियन

मंसिर ८, २०८२
काठमाडौं
ललितपुर पाब्सन बुद्धिचालमा रिकी र कृषा च्याम्पियन

ललितपुर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (पाब्सन)को पहलमा आयोजित बुद्धिचाल प्रतियोगिता सिनियर छात्रतर्फ विलियम पब्लिक स्कूलका रिकी महर्जन पहिलो भएका छन् ।

पाठशाला स्कूलका ओस्कार पन्थीले टाइब्रेकपछि दोस्रो स्थानमा चित्त बुझाए । पाराडाइज स्कूलका प्रणव पाण्डेय तेस्रो भए । भ्याली पब्लिक स्कुलका शैलेश बस्नेत चौथो र सन्दीप श्रेष्ठ पाँचौँ भए ।

जुनियर छात्र स्पर्धामा जुगल स्कुलका निकेश राउत च्याम्पियन बने । विलियम पब्लिक स्कुलका सोयास राई दोस्रो भए । फ्युचर स्टार स्कुलका लियोन प्रिन्स शाही तेस्रो स्थानमा रहे ।

उक्त स्पर्धामा भ्याली पब्लिक स्कुलका प्रतीक ढुंगेल चौथो र पाठशाला नेपाल फाउन्डेशनका अभ्युदय केसी पाँचौँ स्थानमा रहे ।

यसैगरी, सीनियर छात्रातर्फ आदर्श विद्या सदनकी कृषा खतिवडा विजयी भइन् । जुगल स्कुलकी सुनामी कुमारी चौधरी दोस्रो र विलियम पब्लिक स्कुलकी कृतिका लामा तेस्रो भए ।

उक्त स्पर्धामा ब्राइटर फ्युचरकी एरिका आले मगर चौथो र नाजरेथ स्कुलकी अनुश्का श्रेष्ठ पाँचौँ भए ।

जुनियर छात्रतर्फ फ्युचर स्टार स्कुलकी ग्लोसी श्रेष्ठले सबै खेल जित्दै प्रथम भइन् । आदर्श विद्या सदनकी सविना श्रेष्ठ दोस्रो र श्रीकुल स्कुलकी प्रकृति थापा तेस्रो भए ।

सोही स्पर्धामा प्रेम स्कुलकी जोया राई चोथो र विलियम पब्लिक स्कुलकी अलिना सुवेदी पाँचौँ स्थानमा रहे ।

प्रत्येक समूहका पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयका खेलाडीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरियो ।

चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीलाई भने सान्त्वना पदक दिइयो । यसका अतिरिक्त, शीर्ष १० खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्