०८ साउन २०८३, शुक्रबार

कुमारी बैंक र बन्दीपुर केबलकारबीच छुट सम्झौता

मंसिर ८, २०८२
काठमाडौं
कुमारी बैंक र बन्दीपुर केबलकारबीच छुट सम्झौता

कुमारी बैंक लिमिटेड र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडबीच छुट सम्झौता भएको छ ।

बन्दीपुर केबलकारबाट प्रदान गरिने विभिन्न सेवामा कुमारी बैंकका ग्राहकलाई विशेष छुट प्रदानका लागि सम्झौता भएको हो ।

सम्झौता बमोजिम केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाइन टिकट तथा ड्राइभ इन रेस्ट्रोलगायतमा बैंकका ग्राहकले १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।​ 

बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शनजंग राणा र केबलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ्ग इकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ । 

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

salt training

कमेन्ट गर्नुहोस्