१२ असार २०८३, शुक्रबार

किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

मंसिर ८, २०८२
प्युठान
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

प्युठानमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ऐरावती गाउँपालिका- ५ झिबाङ बस्ने २१ वर्षीय प्रकाश बोहरा छन् । उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बिजुवार समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्