२८ जेठ २०८३, बिहीबार

४७ अङ्कले बढ्यो नेप्से, ७ अर्बको कारोबार​

मंसिर ८, २०८२
काठमाडौं
४७ अङ्कले बढ्यो नेप्से, ७ अर्बको कारोबार​

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव २२ अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा एक दशमलव ८१ प्रतिशतले बढेर दुई हजार ६४७ दशमलव ४४ अङ्कमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ८४ अङ्कले बढेर ४५६ दशमलव १३ अङ्कमा पुगेको छ । नेप्से परिसूचकसँगै आज कारोबार रकमसमेत बढेको छ ।

कुल ३३० कम्पनीको एक करोड ४२ लाख चार हजार ३६२ कित्ता शेयर सात अर्ब तीन करोड ५४ लाख ८० हजार १३६ मा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका सबै समूहका उपसूचक बढेका छन् ।

कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्सोरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर रु २४ करोड ८१ लाख ५१ हजार ५४६ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । आज झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो ।

त्यस्तै सागर डिस्टिलरी लिमिटेड, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रोटेक इन्ड्रष्टी लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाएका छन् ।

आजको कारोबारमा मविलुङ इनर्जी लिमिटेडका लगानीकर्ताले चार दशमलव ४४ प्रतिशतले गुमाए ।

salt training

कमेन्ट गर्नुहोस्