१३ असार २०८३, शनिबार

काठमाडौंको केशरमहलबाट लागुऔषधसहित २ जना पक्राउ

मंसिर ८, २०८२
काठमाडौं
काठमाडौंको केशरमहलबाट लागुऔषधसहित २ जना पक्राउ

प्रहरीले काठमाडौं महानगरपालिका–२६ केशरमहल चोकबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौं बौद्ध बस्ने २८ वर्षीय प्रकाश श्रेष्ठ तथा दोलखा घर भई काठमाडौं बूढानीलकण्ठ बस्ने २८ वर्षीय देवेन्द्र लामा रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले भने, 'प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बा ३६ प ७८८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।'

पक्राउ परेकाहरूको साथबाट प्रहरीले नियन्त्रित लागुऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २० एम्पुल बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्