२९ जेठ २०८३, शुक्रबार

बीवाईडी सिलायन ७ ले जित्यो ‘आरजेसी इम्पोर्ट कार अफ द इयर २०२५’ अवार्ड

मंसिर ८, २०८२
काठमाडौं
बीवाईडी सिलायन ७ ले जित्यो ‘आरजेसी इम्पोर्ट कार अफ द इयर २०२५’ अवार्ड

बीवाईडीको एसयूभी मोडल ‘सिलियन ७’ले जापानको प्रतिष्ठित ३५ औं ‘आरजेसी इम्पोर्ट कार अफ द इयर’ अवार्ड जितेको छ । 

चीनको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीको ‘सिलयान ७’ले ‘आरजेसी इम्पोर्ट कार अफ द इयर २०२५’ अवार्ड जितेको हो । योसँगै बीवाईडीले जापानको अटोमोबाइल बजारमा नयाँ इतिहास रचेको छ ।

जापानको अटोमोटिभ अनुसन्धानकर्ताको सम्मेलनले गत नोभेम्बरमा सिलायन ७ लाई जापानकै उत्कृष्ट गाडीको रूपमा घोषणा गरेको हो । युरोपेली लक्जरी कार निर्माताहरूको दबदबा रहने यस विधामा चिनियाँ ब्रान्डले उपाधि जित्नुलाई विश्व अटोमोबाइल बजारमा निकै महत्त्वका साथ हेरिएको छ ।

null

बीवाईडीका लागि जापानी बजारमा यो अर्को ठूलो उपलब्धि मानिएको छ ।  यसअघि ‘बीवाईडी सिल’ले पनि उत्कृष्ट प्रदर्शन गर्दै जापानमा प्रशंसा बटुलिसकेको छ । सिलायन ७ ले प्राप्त गरेको यो अवार्डले जापानी उपभोक्ता र विशेषज्ञहरूमाझ बीवाईडीको प्रविधि र गुणस्तरप्रतिको विश्वासलाई थप बलियो बनाएको छ ।

किन उत्कृष्ट बन्यो सिलियन ७ ?

यो बीवाईडी सिलायन ७ कम्पनीको अत्याधुनिक ‘ई–प्लेटफर्म ३.० इभो’मा आधारित मिड साइज एसयूभी हो । 

उच्च कार्यक्षमता, ब्लेड ब्याट्रीको सुरक्षा र स्मार्ट प्रविधिका कारण यसले जापानका अन्य प्रतिस्पर्धी आयातित कारहरूलाई पछि पार्न सफल भएको निर्णायक जनाइएको छ । यो मोडलले बजारमा टेस्ला मोडल वाईसँग सीधा प्रतिस्पर्धा गरिरहेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्