२७ असार २०८३, शनिबार
नेपाल प्रिमियर लिग

लुम्बिनीविरुद्ध काठमाण्डूले पहिले ब्याटिङ गर्ने

मंसिर ९, २०८२
काठमाडौं
लुम्बिनीविरुद्ध काठमाण्डूले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ ।

उक्त खेलमा काठमाण्डू गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि काठमाण्डूले ब्याटिङ गर्ने भएको हो ।

एनपीएलको दोस्रो संस्करणमा खेल्न लागिएको यो ११औं खेल हो ।

काठमाण्डू गोर्खाजले आफ्नो चौथो र लुम्बिनी लायन्सले आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् ।

काठमाण्डूले तीनमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।

लुम्बिनीले दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्