२२ जेठ २०८३, शुक्रबार
सन्दर्भ: कांग्रेस विवाद र वर्तमान राजनीति

देउवाको इच्छा प्रधानमन्त्री बन्नु थियो, त्यो टाढा गइसक्यो, अब अगाडि बढ्नुहुन्न– चन्द्र भण्डारी [भिडियो अन्तर्वार्ता]

मंसिर ९, २०८२
काठमाडौं

कांग्रेसभित्र फरक मत राख्दै आएका नेता डा. चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवा फेरि सक्रिय बन्ने अवस्था नआउने दाबी गरेका छन् ।

देउवाको इच्छा प्रधानमन्त्री बन्नु रहे पनि अब त्यो कुरा टाढा पुगेको उनको विश्लेषण छ ।

लोकान्तर डट्कमसँगको भिडियो अन्तर्वार्ताका क्रममा भण्डारीले कार्यवाहक दिइसकेका देउवा उमेरका कारण पनि फेरि सक्रिय नबन्ने बताए ।

‘उहाँले कार्यवाहक दिनुभएको छ । उमेरका कारण पनि स्वयं उहाँ अगाडि बढ्न चाहनुभएको छैन । उहाँको इच्छा प्रधानमन्त्री बन्नु थियो, त्योबाट टाढा गइसक्यो । उहाँले हामीलाई त्यस्तो दु:ख दिनुभएको छैन,’ भण्डारीले भने ।

भण्डारीले मंसिर ११ मा बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने र चुनावअघि नै कांग्रेसको महाधिवेशन हुने दाबी पनि गरे । तर, फागुन २१ गते चुनाव नहुने उनको दाबी छ ।

पार्टीभित्र सबैलाई मिलाएर लैजान सक्ने नेताको अभाव रहेकाले कांग्रेसमा भद्रगोलको अवस्था सिर्जना भएको उनको भनाइ छ ।

अरू असफल भएर कांग्रेसमा देउवा फेरि सक्रिय हुन लागेका हुन् ?

भदौ २३–२४ को घटनापछिको निकास के ?

फागुन २१ मा चुनाव नभए के हुन्छ ?

५ वर्षमा देशलाई समृद्धिमा पुर्‍याउन सकिने त्यो फर्मुला के हो ?

यीलगायत समसामयिक विषयमा गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा :

salt training

कमेन्ट गर्नुहोस्