२३ जेठ २०८३, शनिबार
परराष्ट्रमन्त्रीको औपचारिक भ्रमण

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान [फोटोफिचर]

जेठ २२, २०८३
काठमाडौं
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान [फोटोफिचर]

परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री खनाल शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् । 

परराष्ट्रमन्त्री खनाल तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दिल्ली जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै खनालले रास्वपा सरकार बनेपछि पहिलोपटक उच्चस्तरीय भ्रमण भएको र देशको प्राथमिकताका कुरामा छलफल हुने बताए । 

भ्रमणका क्रममा खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा व्यापार, लगानी, पूर्वाधार तथा कनेक्टिभिटी, ऊर्जा र जनस्तरको सम्बन्धलगायत पारस्परिक हितका विविध विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको बहुआयामिक र दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्