२३ जेठ २०८३, शनिबार

महिलालाई गैरकानूनी रूपमा विदेश पठाएको अभियोगमा ६ जना पक्राउ

जेठ २२, २०८३
काठमाडौं
महिलालाई गैरकानूनी रूपमा विदेश पठाएको अभियोगमा ६ जना पक्राउ

गैरकानूनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरत्‌कुमार थापाक्षेत्रीका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रविसे–४ का ईश्वर न्यौपाने, गुल्मी दरबार–२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम–२ का प्रकाश साहलाई पक्राउ गरिएको हो ।

यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का कुमार उराउ तथा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ का पशुपति राईलाई पक्राउ गरिएको हो ।

उनीहरू सबैलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो । अभियुक्तहरूबाट नगद ३१ लाख ८० हजार बरामद भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्