०९ असार २०८३, मंगलबार

संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा एमालेको रिट, १७ गते पेसी

मंसिर १०, २०८२
काठमाडौं
संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा एमालेको रिट, १७ गते पेसी
फाइल फोटो

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

एमालेका तर्फबाट नेता महेश बर्तौला र सुनिता बरालले मंगलबार पेस गरेको रिट बुधबार दर्ता भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट बुधबार दर्ता भएको हो । मंसिर १७ गते बुधबारका लागि पेसी समेत तोकिएको उनले जानकारी दिए ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएर एमालेले रिट दायर गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्