३२ असार २०८३, बिहीबार
नेपाल प्रिमियर लिग

रवी बोपराको उत्कृष्ट अर्धशतकसँगै चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

मंसिर १०, २०८२
काठमाडौं
रवी बोपराको उत्कृष्ट अर्धशतकसँगै चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबार जारी खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई जितका लागि एक सय ७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७४ रन बनायो ।

चितवनका लागि अनुभवी ब्याट्सम्यान रवी बोपराले उत्कृष्ट अर्धशतकीय पाली खेले । बोपराले टोलीका लागि ६५ रनको योगदान गरे ।

पाँचौं नम्बरमा क्रिज समाल्न आएका बोपराले केवल ३८ बलमा चार छक्का र तीन चौका हिर्काए । उनले जारी सिजनको एनपीएलमा बनाएको यो तेस्रो अर्धशतक हो ।

बोपराले यसअघि कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । त्यसपछि लुम्बिनी लायन्सविरुद्धको खेलमा पनि उनले ६६ रन बनाएका थिए ।

दुवै ओपनरलाई सस्तैमा गुमाएको चितवनका लागि सेफ जेबले पनि ३२ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ३० बलमा एक छक्का र एक चौका प्रहार गरे ।

देव खनालले पनि टोलीको खातामा २८ रन थपे । तेस्रो नम्बरका ब्याट्सम्यान देवले २२ बलमा एक छक्का र तीन चौका हिर्काए ।

कप्तान कुशल मल्लले पनि १४ बलमा एक छक्का र एक चौकाको मद्दतले अविजित २० रन बनाए । ओपनर दीपक बोहरा पाँच र डेभिड मलान १७ रनमा आउट भएका थिए । अमर रौतेला तीन रनमा अविजित रहे ।

विराटनगरका बलर सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले दुई–दुई विकेट लिए । शुभम रन्जनेले पनि एक विकेट हात पारे । चितवनले अतिरिक्त रूपमा चार रन पायो ।

salt training

कमेन्ट गर्नुहोस्