१० असार २०८३, बुधबार

प्रहरीको पेस्तोल लुटेर ‘डेलिभरी ब्वाइ’लाई लुटपाट गर्ने दुईजना पक्राउ

मंसिर ११, २०८२
काठमाडौं
प्रहरीको पेस्तोल लुटेर ‘डेलिभरी ब्वाइ’लाई लुटपाट गर्ने दुईजना पक्राउ

जेनजी आन्दोलनका क्रममा प्रहरीको पेस्तोल लुटेर सोही पेस्तोल प्रयोग गरी ‘फूड डेलिभरी ब्वाइ’लाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भएर बागबजार बस्ने निकेश बिक र सुरज बिक छन् । उनीहरूले यही मंसिर ५ गते बागबजारमा भोज डिलको खानेकुरा डेरिभरी गर्ने निरज चौधरीलाई पेस्तोल देखाएर नगद र जिन्सी सामान लुटपाट गरेका थिए । चौधरीले प्रहरीमा उजुरी गरेपछि बिकद्वयको खोजी भएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार बिकद्वयले चौधरीलाई देखाएको पेस्तोल प्रहरीले उनीहरूबाट बरामद गरेको छ । उनीहरूबाट दुई थान पेस्तोल र एक थान म्याग्जिन बरामद गरेको जानकारी आचार्यले दिए ।

null

प्रहरी अनुसन्धानका क्रममा पक्राउमध्येका निकेश बिक २०८१ माघ ११ मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा दर्ता भएको भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) मुद्दामा फरार थिए । त्यस्तै, २०८१ भदौ ५ गते इलाका प्रहरी कार्यालय गौशालामार्फत चलेको चोरी मुद्दामा समेत उनी फरार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले बिकद्वयसँगै बाग्लुङस्थित ढोरपाटन नगरपालिका– ३ घर भएर काठमाडौं भृकुटीमण्डप बस्ने बालकृष्ण गैरेलाई पनि पक्राउ गरेको छ ।

एसपी आचार्यका अनुसार पक्राउ परेका तीनै जनालाई हातहतियार तथा खरखजाना मुद्दामा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्