२९ जेठ २०८३, शुक्रबार

दोस्रो संस्करणको घर निर्माण फेस्ट हुँदै, २ सय करोडको कारोबार हुने अनुमान

मंसिर १४, २०८२
काठमाडौं
दोस्रो संस्करणको घर निर्माण फेस्ट हुँदै, २ सय करोडको कारोबार हुने अनुमान

दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को घोषणा गरिएको छ । 

घर निर्माण फाउन्डेसनले आउँदो पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्ट आयोजना गर्न लागेको हो ।

फाउन्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहेको भए पनि धेरै ब्रान्डले उत्पादनको प्रभावकारी प्रस्तुति, ग्राहकसँग सम्बन्ध विस्तार र बजारमा प्रतिस्पर्धी ब्रान्डिङ गर्न चुनौती भोगिरहेका छन् । ती चुनौती समाधान गर्दै फेस्टले कमी–कमजोरीलाई सम्बोधन गर्ने जनाइएको छ ।

प्रदर्शनीमा प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञ मार्गदर्शन र ब्रान्डिङ परामर्शमार्फत् व्यवसायीले लक्षित ग्राहकसम्म आफूलाई प्रभावकारी रूपमा पुर्‍याउन सक्ने अपेक्षा राखिएको छ ।

चार दिनसम्म चल्ने फेस्टबाट झन्डै २ सय करोड रूपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ । 

यस्तै निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र डिजाइनबारे ४० हजारभन्दा धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने विश्वास आयोजित पक्षले व्यक्त गरेको छ । आयोजकका अनुसार यो फेस्ट साधारण मेला मात्र नभई नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यावसायिक वृद्धिको साझा मञ्च हो ।

आयोजकले फेस्टलाई रोचक बनाउने उद्देश्यले विभिन्न अनौठा तथा आधुनिक आकर्षण समावेश गरेको छ ।

फेस्टमा अवलोकन गर्न आउनेका लागि निर्माणसम्बन्धी जिज्ञासामा विशेषसँग प्रत्यक्ष र निःशुल्क परामर्श पाउने व्यवस्था गरिएको छ । 

इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगमा अनुभवी व्यक्तिसँग डिजाइन, लागत, गुणस्तर र आधुनिक प्रविधिबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्