
एनएमबि बैंकले फ्लाइवायरसँगको साझेदारीमा विदेशमा पढ्न जाने नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय शिक्षा शुल्क तिर्न सजिलो बनाएको छ । शैक्षिक अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूको शिक्षा शुल्क तिर्ने बाटोलाई एनएमबि बैंकले फ्लाइवायरसँगको सहकार्यमा सहज र सरल बनाएको हो ।
विदेश पढ्न जाने विद्यार्थीका लागि सबैभन्दा झन्झटिलो प्रक्रिया भनेको विदेशी मुद्रामा गर्नुपर्ने शुल्क भुक्तानी हो । तर यसलाई एनएमबि बैंकले सरल बनाइदिएको छ । फ्लाईवाययरसँगको सहकार्यपछि एनएमबि बैंकमार्फत विद्यार्थीहरूले नेपाली रुपैयाँमा पनि भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
विश्वविद्यालयमा शुल्कसम्बन्धी सेटलमेन्टको प्रक्रिया फ्लाइवायरले गर्ने गर्दछ । जसका लागि विश्वविद्यालय तथा कलेजहरूसँग सम्झौता गरिएको हुन्छ । त्यसैले शुल्कसम्बन्धी सबै काम फ्लाइवायरले नै गर्ने गर्दछ ।
विश्वभरिका फ्लाइवायरसँग सम्बद्ध विभिन्न कलेज र शैक्षिक संस्थाहरूमा अन्तर्राष्ट्रिय शिक्षा–सम्बन्धित भुक्तानीहरू प्रशोधन गर्न फ्लाइवायर कर्पोरेसनसँग साझेदारी गरेको छ ।
फ्लाइवायरसँगको साझेदारीमार्फत एनएमबि बैंकले विद्यार्थी, अभिभावक र शैक्षिक परामर्शदाताहरूलाई भुक्तानी प्रक्रियामा संलग्न सबै पक्षका लागि सरल र सहज बनाइदिएको हो ।
भुक्तानीलाई सरल बनाउनुका साथै सुरक्षित र भरपर्दो पनि बनाइएको छ । जहाँ पैसा पठाउँदा विद्यार्थीले आफूले पठाएको पैसा कहाँ पुग्यो भनेर ट्रयाक गर्न सक्छन् । अर्थात् नेपालबाट पठाएको पैसा पुग्यो कि पुगेन अथवा कहाँ पुग्यो भनेर समेत जानकारी लिन सकिन्छ । यसले गर्दा विद्यार्थी र अभिभावकलाई सुरक्षित, भरपर्दो र पारदर्शी प्रक्रिया बनाएको बैंकले जनाएको छ ।
विदेशमा शिक्षाका लागि पैसा पठाउँदा एनएमबि बैंकमा खाता भएकाहरूका लागि निकै सहज हुन्छ । साथै बैंकमा खाता नभएकाहरूले पनि यो सेवा सहजै लिन सक्नेछन् ।
यस्तै, विदेशी मुद्रा सटहीको झन्झटविना नै भुक्तानीका लागि आवश्यक रकम थाहा पाउन सकिन्छ ।
कलेजको शुल्कका लागि चाहिने जुनसुकै विदेशी मुद्राको नेपाली रकम ठ्याक्कै हेर्न सकिन्छ । यसले अनावश्यक रकम खोजिरहनु पर्ने बाध्यताको अन्त्य गरेको छ ।
एनएमबि बैंकमार्फत विदेश पैसा पठाउँदा नेपालका सबै बैंकबाट विनाशुल्क रकम स्थानान्तरण गर्न सकिन्छ । जसले गर्दा विद्यार्थीहरूका लागि यो प्रक्रिया झनै सहज बनेको छ।
तर सरकारले तोकेको ३ प्रतिशत शिक्षा कर भने विधान अनुसार काटिने बैंकले जनाएको छ ।
यसको अर्को सुन्दर पक्ष भनेको रिफन्डको लागि सजिलो भुक्तानी हो । यदि कुनै कारणवश विद्यार्थीले गरेको भुक्तानी रिफन्ड गर्नुपरेमा सहज रूपमा नै विद्यार्थीले रिफन्डको सुविधा पाउँछन् ।
यसबाट अधिकांश विद्यार्थीहरूले भोग्दै आएको ठूलो समस्याको समाधान भएको छ । अन्य भुक्तानी सेवा प्रदायकसँग रिफन्डका लागि महिनौं प्रक्रिया लाग्ने गरेको छ ।
विश्वका १७ सयभन्दा बढी शैक्षिक संस्थासँग फ्लाइवायरको सहकार्य छ । विश्वव्यापी भुक्तानी प्रदायक फ्लाइवायरका हाल १३ कार्यालय र ६०० भन्दा बढी फ्लाइमेट विश्वव्यापी रूपमा छन् ।